Events And News

2022-11-14 04:03:02

अक्सफोर्डमा एसईई उत्तीर्ण बिद्यार्थीलाई बधाई तथा सम्मान

notice image

बुटवल सुख्खानगरमा रहेको अक्सफोर्ड माध्यमिक विद्यालयले एसईई परीक्षा २०७८ मा उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । एसईई परीक्षामा उत्तीर्ण अक्सफोर्डका १ सय ११ जना विद्यार्थीलाई आईतबार बधाई तथा सम्मान कार्यक्रम गरिएको हो । अक्सफोर्डबाट एसईईमा सम्मिलित बिद्यार्थी मध्ये २ जनाले ४ जिपीए, ९ जनाले ३.६ देखि ३.९ जिपीए, ५१ जनाले ३.२ देखि ३.५५ जिपीए र ४८ जनाले २.८५ देखि ३.१५ सम्म जिपीए ल्याएका विद्यार्थीलाई बधाई तथा सम्मान गरिएको हो । एसईईमा उत्तीर्ण विद्यार्थीलाई बधाई तथा सम्मान गर्दै राष्ट्रिय परीक्षा बोर्ड बुटवलका प्रमुख रमाकान्त तिवारीले उच्च शिक्षाका लागि अंकका आधारमा भन्दापनि रुची र दक्षताका आधारमा विषय छनोट गर्न सुझाव दिए ।

अरुको लहलहैमा र अभिभावकको दवावमा विद्यार्थीले विषय छनोट गर्नुभन्दापनि आफुले सक्ने र पढ्नलाई रुची भएका विषय छान्न सुझाव दिदै प्रमुख तिवारीले अभिभावकले आफ्ना बालबालिकालाई यो वा त्यो विषय अध्ययन गर्न भनी दवाव नदिन आग्रह गरें । उनले अक्सफोर्ड मावि रुपन्देहीमै उत्कृष्ट शैक्षिक संस्थाका रुपमा विकास हुँदै गएको बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल अभिभावक महासंघका केन्द्रीय सदस्य लोकनाथ ज्ञवाली, अक्सफोर्ड कलेज प्रमुख मनोज मरासिनी, अध्यक्ष अजित खनाल, अक्सफोर्ड माविका प्राचार्य दिनेश भुसाल, अभिभावक दुर्गा भुसाल, ४ जीपीए ल्याउने विद्यार्थी विलक्षण भुसाललगायतले उच्च शिक्षाका लागि विद्यार्थीले आफ्नो रुची र क्षमताका आधारमा विषय छनोट गर्नु पर्नेमा जोड दिए ।

विद्यालयका शिक्षक चिरञ्जीवी सापकोटाको सञ्चालनमा भएको कार्यक्रममा एसईईमा उत्कृष्ट नतिजा ल्याउन सफल बनाउने मावि तहका शिक्षक÷कर्मचारीहरुलाई समेत विद्यालयले सम्मान गरेको थियो । अक्सफोर्डबाट विलक्षण भुसाल र दिपेश भुसालले ४ जिपीए तथा प्रशन्न पन्थी, रिश्मा शर्मा र विजय खनालले ३.९५ जिपीए ल्याएर उत्कृष्ट अंक ल्याएको शिक्षक लक्ष्मण घिमिरेले जानकारी दिए ।

Click to see in larze size